पोखराको जिरो किलोमिटरमा भयानक दुर्घटना

पोखरा, मंसिर १ ।
पोखराको जिरो किलोमिटरमा शनिबार राती भयानक दुर्घटना भएको छ । विन्ध्यवासीनिबाट जिरो किलोमिटर तर्फ आउदै गरेको जिप जिरोकिलोमिटर आइनपुग्दै दुर्घटनामा परेको हो ।

ग१ज ६४७९ नम्बरको जिप तीब्र गतिका कारण दुर्घटनामा परेको प्रहरीको भनाई छ । जिप फुटपाथबाट माथी उड्दै विजुलीको पोलमा ठोकिएको थियो । स्थानीयका अनुसार जिप तिब्र गतिमा भएका कारण फुटपाथमा उक्ले पछि करिब १ मिटर उठेर विजुलीको पोलमा ठोकिएको बताए ।

जिपमा सवार तीन मध्ये एक जनाको दुर्घटना पछि आफै निस्केको र दुई जनालाई शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दुई घण्टा भन्दा बढि समय लगाएर जिवितै उद्धार गरेका थिए । जिप पोलको बिचमा अड्किए पछि दुईवटा क्रेन ल्याएर एउटाले विजुलीको पोललाई र अर्कोले जिपलाई उचालेका थिए ।

शसस्त्र प्रहरीको टोलीले जिपलाई काटेर जिपका चालक र जिपमा सबार एक जनालाई उद्धार गरेको थियो । उनीको अहिले उपचार भई रहेको छ उनको सबै विवरण खुली सकेको छैन । दुर्घटना पछि पोखरामा केहि क्षेत्रको विद्युत समेत अवरोध भएको थियो । दुर्घटना पछि दुर्घटन स्थलमा सयौंको संख्यामा मानिसहरु आएको थिए ।

राती साढे ९ बजे भएको दुर्घटनाका घाइतेलाई साढे ११ बजे उद्धार भएको थियो । ठुलो मात्रामा जनशक्ति परिचालन भएपनि भयानक दुर्घटना भएका कारण उद्धार गर्न ढिला भएको प्रहरीको भनाई छ ।