पोखराको जनप्रिय क्याम्पसमा कुटपिटबाट दुई विद्यार्थी घाईते

पोखरा, असोज ४ ।
पोखराको जनप्रिय क्याम्पस अगाडी अपिरिचत ब्यक्तिको कुटाईबाट दुई विद्यार्थी घाईते भएका छन् । कुटपिटबाट पोखरा ८ सिर्जनाचोक बस्ने १७ बर्षिय शिव कार्की र पोखरा ५ पस्र्याङ बस्ने सौगात क्षेत्री घाईते भएका छन् ।

उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाईएको छ । कुटपिटमा संलग्न व्यक्तिको ग ६ प ४२४९ न को भिआर मोटरसाईकल नियन्त्रण लिईएको र फरार रहेका ब्यक्तिहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।