पोखराको छुट्टाछुट्टै दुर्घटनामा दुईजना घाईते

पोखरा, असोज ३१ ।
पोखराका विभिन्न ठाउँमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुईजना घाईते भएका छन् । पोखरा १० रंगशाला गेट अगाडी नम्बर नखुलेको मोटरसाईकलले ग १५ प ३६४३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाईते भएका छन् । पोखराको लामाचौर बस्ने २१ बर्षिय को देवा पुर्जामगर घाइते भई उपचारको लागि पोखरा अस्पताल पठाईएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

पोखरा महानगरपालिका ६ जरेवर स्थित बुलौंदिमा मोटरसाईकल अनियन्त्रित हुँदा अर्का एकजना घाईते भएका छन् । ग १४ प २९३९ नम्वरको क्रस फायर मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा पोखराको चाउथे बस्ने २० वर्षीय अनिस बास्कोटा घाईते भएका हुन् । उनको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।