पोखराको चाउथेमा दुर्घटना, एकजनाको मृत्यु

पोखरा, फागुन ७ ।
पोखराको चाउथेमा टिप्परको ठक्करले एकजनाको ज्यान गएको छ । ना ६ ख ९००६ नम्बरको टिप्परले ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्याङजा आँधीखोला गाउँपालिकाकी बन्दना पौडेलको ज्यान गएको हो ।
ठक्करबाट स्कुटरमा सवार बन्दनाको टाउको र खुट्टामा गम्भिर चोट लागेको थियो । घटनापछि उनलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा पौडेलको ज्यान गएको प्रहरीले जनाएको छ । टिप्पर र चालक दिनेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।