पोखराको खानेपानी शुद्धीकरण गर्न फिनल्याण्ड सरकारले ७३ करोड लगानी गर्दै

पोखरा, मंसिर १० ।
पोखरा महानगरपालिकाको खानेपानी शुद्धीकरण गर्नका लागि फिनल्याण्ड सरकारले पौने अर्व सहयोग गर्ने भएको छ । महानगरका ३३ वटै वडामा शुद्ध पिउने पानी वितरण गर्नका लागि महानगरसँगको साझेदारीमा फिनल्याण्डले विशेष कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

धाराबाट सीधै पिउन मिल्ने पानी वितरण गर्न यो रकम खर्च हुने महानगरका प्रबक्ता धनबहादुर नेपालीले जानकारी दिए । ‘फिनल्याण्डले ट्याप टु माउथ भन्ने कार्यक्रम ल्याउन लागेको हो । संघ सरकारसँग सम्झौता हुन्छ । महानगरले सहमतिपत्र मात्रै दिने हो, उनी भन्छन्–कार्यक्रममा ७३ करोड खर्च हुन्छ । कन्सल्ट्याण्ट पनि फिनल्याण्ड सरकारले नै खटाएको हो ।’

उनका अनुसार यसमध्ये केही रकम अनुदानमा प्राप्त गर्नेछ भने केही चाहीँ सहुलियतपूर्ण ऋणमा लगानी हुनेछ । एकीकृत खानेपानी ब्यवस्थापनका लागि कन्सल्ट्याण्ट ¥याम्बोलले अध्ययन गरिरहेको छ । शुक्रबार बसेको महानगरको कार्यपालिका बैठकबाट प्रोजेक्ट पास गरिसकेको छ प्रबक्ता नेपालीले बताए ।