पोखराकी भण्डरी प्रेस काउन्सिलको सदस्यमा नियुक्त

पोखरा, साउन ३२ ।
पत्रकार दुर्गा भण्डारी प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त भएकी छिन् । कानुन ब्यवसायी समेत रहेकी उनलाई नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट काउन्सीलको सदस्यमा नियुक्त गरिएको हो ।

उनी सहित अर्का पत्रकार दीपक पाण्डे पनि सदस्यमा नियुक्त भएका छन् । भण्डारी नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य हुन् भने पछिल्लो समय कानुन ब्यवसायमा सक्रिय छिन् ।