पोखराका सार्वजनिक विद्यालय सोमबार बन्द हुने

पोखरा, भदौ १० ।
पोखराका सार्वजनिक विद्यालयहरु सोमबार बन्द हुने भएका छन् । गाईजात्राको अवसरमा नेवाः खल कास्कीले विद्यालय बन्द गरिदिन आग्रह गरेपछि जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइको सिफारिसमा पोखरा महानगरले विद्यालयमा पत्र पठाएको हो ।

अरु विदा कटाएर गाईजात्रामा विदा दिनका लागि महानगरको शिक्षा विभाग प्रमुख हेमराज आचार्यले सबै विद्यालयमा पत्र पठाएका छन् । तर विदा अनिवार्य भने छैन । कुनै विद्यालयले विदा नदिन पनि पाउने महानगरले जनाएको छ । गाईजात्रामा विद्यार्थीहरु पनि सहभागी हुने भएकोले विद्यालय बन्द गर्न नेवाः खलको आग्रह थियो ।