पोखराका सहकारी र मनि चेञ्जर लुटेरा पक्राउ (घटना विवरण सहित)

पोखरा, असोज १३ ।
पोखराका विभिन्न ठाउँबाट सहकारी र मनि चेञ्जर लुट्ने एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामको टोलिले निरन्तर अनुसन्धान गरेपछि धनगढीका १८ बर्षिय कमल ठगुन्नालाई पक्राउ गरिएको हो । ठगुन्नाले चोरी स्विकार गरेका छन् ।

यस्तो छ घटना विवरण
एकमहिना अघि भदौ १४ गते पोखरा घुम्न भनि आएको, लेकसाईड, गौरीघाटमा रहेको टेम्पल लेक होटल, कोठा नम्बर ४ मा बसेको अबस्थामा ब.प्र.का.बैदामबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको ।

त्यसभन्दा अगाडी २०७५ भदौको ४ गते कैलालीबाट होटल एभरेष्टमा वेटरको रुपमा काम गर्दा जम्मा भएको तलव ५०,००० लिई काठमाण्डौं गोंगवुमा बस्ने दिदिलाई भेट्न गएको । त्यसपछि चोरी गर्न शुरु गरेको ।

घटना नम्बर १–मिति २०७५ भदौ १६ गते राती १ बजेको समयमा पोखरा ६ लेकसाइडमा रहेको एभरेष्ट मनि चेन्जरबाट नगद ९६,००० रुपैयाँ चोरी गरेको ।

घटना नम्बर २–मिति २०७५ भदौ ३१ गते राती १ बजेको समयमा पोखरा ८ सृजनाचोकमा रहेको जनएकता बचत तथा ऋण सहकारी सस्था लि.को कार्यालयबाट नगद ९,१४,००० रुपैयाा चोरी गरेको ।

घटना नम्बर ३–मिति २०७५ असोज ५ गते राती पोखरा १० अम्मरसिंहचोकमा रहेको भिजन बचत तथा ऋण सहकारी संस्थाबाट नगद ९,६७,५७९ रुपैयाँ चोरी गरेको ।

घटना स्विकार गरेका ठगुन्नाको साथबाट ५ लाख ३८ हजार ८० रुपैयाँ बरामद गरेको छ भने ३ थान मोवाईल बरामद गरेको प्रहरीले जनाएको छ । ठगुन्नालाई चोरी मुद्धामा म्याद थप गरी थप अनुसन्धान थालिएको छ ।