पोखराका विश्वास एमफिल तहमा देशकै उत्कृष्ट

पोखरा, पुस ७ ।
पोखराका विश्वास राज पौडेल त्रिभुवन विश्वविद्यालय अन्तर्गत एम फिल तहमा सर्वोत्कृष्ट भएका छन् । व्यवस्थापन संकायका विद्यार्थी पौडेल २०७६ सालको एम फिल तहको परिक्षामा ३.९६ जीपीए ल्याएर सवोत्कृष्ट भएका थिए । काठमाण्डौमा सोमवार सम्पन्न त्रिविको ४७ औँ दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद उप–प्राध्यापक हरिराज अधिकारी स्वर्ण पदकबाट उनि विभुषित भए ।

दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई सो स्वर्ण पदक प्रदान गरेका थिए । प्रधानमन्त्रीले समारोहमा पौडेल सगै अन्य २७ जना विद्याथीहरुलाई विभिन्न पदक प्रदान गरेका थिए ।

पोखरा महानगरपालिका वडा नम्वर २५ हेम्जा मिलनचोक स्थित साउथरका स्थानिय बासि ३४ वर्षका उनि पिता स्व गोविन्द पौडेल र माता मन पौडेलका कान्छा सुपुत्र हुन । पोखरा १ स्थित राष्ट्रिय उच्च माविबाट एसएलसी उत्तीर्ण पौडेलले पोखराको पोखरा कलेज अफ म्यानेजमेन्टबाट बिविए र काठमाण्डै पुरानो बानेस्वर स्थित एपेक्स कलेजबाट एमबिए उत्तिण गरेका थिए ।

कर्ममा विश्वास गर्ने मेहनती स्वभावका पौडेल हाल पोखरा स्थित जनप्रिय बहुमुखी क्याम्पसमा एमबिए कार्यक्रम संयोजक छन् । एमबिए अध्ययन सकेर पोखरा आएका पौडेल पोखराका विभिन्न कलेज हुदै विगत चार वर्षदेखी जनाप्रियमा आबद्ध रहदै प्राध्यापन पेशामा संम्लग रहदै आएका छन् । पोखरामा प्राध्यापन गदै गरेका उनले अध्ययापन सगै आफनो अध्ययनलाई समेत अघी बढाए । मेहनतको फल मिठो हुन्छ भनेझै उनले नसेचेको नतिजा समेत हात पारे ।

पदक पाएपछि पौडेलले भने म फलको आशा गर्दीन तर कर्ममा भने विश्वास गर्छु, आफुले जे काम गर्न लागेको हो त्यसमा दृढ भएर लागे सफलता हात पर्ने उनको अनुभव छ । आफनो अध्ययन यतीमा मात्र सिमित गर्ने पक्षमा छैन्न, अध्यय्न गर्न अझै बाकी रहेको उनि बताउछन् ।

उनि समयले साथ दिए केही वर्षमा पिएचडी गर्ने सोचमा छन् । बालयकालमै तीन वर्षको हुदा आफनो बुबा गुमाएका उनले बुबाको माया कस्तो हुन्छ भन्ने स्मरण हुने गरि अनुभव गर्न भने पाएन्न । आफनो सफताको सम्पुर्ण श्रेय स्व पितालाई दिन चाहनछन् उनि । मेरो बुबा समेत शिक्षक हुनुहन्थ्या मैले पिताको माया कस्तो हुन्छ भनेर स्मरण हुने गरि अनुभव गर्न त पाईन तर उहाँको आर्दशलाई पछयाउने क्रममा यो सफलता हात लागेको हो ।

अबको देशको आवश्यकता रोजगारीमुलक शिक्षा रहेको भन्दै आउदा दिनमा आफुले शिक्षा क्षेत्रमा काम गर्ने पौडेल बताउछन् । आफुले गर्न लागेको काममा मेहनत साथ लाग्दा सफलता हात लाग्ने उनको अनुभव छ । अवको देशको आवश्यकता प्रापिधिक र जोजगारीमुलक शिक्षा हुनुपर्ने भनाई उनको छ । अव पढ्नको लागि पढ्न भन्दा पनि रोजगारीको लागि पढ्ने शिक्षा आवश्यक रहेकोमा उनको जोड छ ।