पोखराका तीन ठाउँमा बम भेटियो, सेनाले डिस्पोज गर्दै

पोखरा, जेठ १३ ।
पोखरा सहित कास्कीका ३ ठाउँमा बम भेटिएको छ । पोखराको सिर्जनाचोक स्थित एनसेल अफिसको आडमा प्रेसर कुकर बम भेटिएको छ । नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गर्दैछ ।

यस्तै नयाँबजार र न्यूरोडको बीच भाग आईडिया कलेजको अगाडी पनि बम भेटिएको छ । कास्की प्रहरीका अनुसार शंकास्पद बस्तु भेटिएपछि सेनाको टोलि त्यसतर्फ जाँदै छ । प्रहरीले त्यसको सुरक्षा दिएर बसेको छ ।

आइडिया कलेज अगाडी राखिएकाे शंकास्पद बस्तु
फाेटाे कपिल पाैडेल

कास्कीकै अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरी नजिक नाउँडाँडामा पनि शंकास्पद बस्तु भेटिएको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । सुरक्षित भएर हिडडुल गर्न उनको आग्रह छ ।