पोखराका घरधनीलाई बर्जरको पुरस्कार

पोखरा, असोज ५ ।
बर्जर पेन्टसले घरधनी योजना ‘नगदपति’का भाग्यशाली विजेताहरूलाई नगद पुरस्कार बितरण गरेको छ । बर्जरले पोखरामा आयोजित कार्यक्रममा नगद पुरस्कार वितरण गरेको हो । लकी ड्र मार्फत १० लाख जितेकी स्याङजाकी यम कुमारी गुरूङलाई पोखरा शाखाको प्रमुख चन्द्र शेखर दासले नगद हस्तान्त्ररण गरेका थिए ।
यम कुमारीले स्याङजामा रहेको साढे दुई तले घरमा बर्जर पेन्टस लगाउदा लक्की ड्र मा परेर जित्न पुरस्कार जितेकी हुन् । यस्तै पोखराका धर्म राज थापाले पहिलो पुरस्कार १ लाख रुपैयाँ जिते । पोखराकै दिलिप गुरूङले पनि १ लाख जित्न सफल भए । टेकमाया अर्याल ढकालले दोस्रो भएर ५० हजार, जमुना सुवेदीले २५ हजारको तेश्रो पुरस्कार पाईन् । विष्णु माया गुरूङ, सम्ंझना गुरूङ, गोपीराज पहारी, मन्दु गुरूङ, समुद्र गुरूङ, प्रकाश क्षेत्री र परशुराम पुरीले १०÷१० हजार पाए ।
यस्तै, रामप्यारी कुमाल, सोम थापा, केशरीकुमारी गुरूङ, तीर्थमाया गुरूङ र प्रमिला श्रेष्ठ पोखरा क्षेत्रका शहरोन्मुख सहरहरु अन्तर्गतका उत्कृष्ट घरधनी घोषित भएर जनही १५ हजार जिते । घरधनी योजनामा ३ हजार भन्दा बढी घरधनीहरू सहभागी भएका थिए । बर्जरले आफ्नो कम्पनीको पेन्टस प्रयोग गरि घरको फोटो खिचेर पठाएकाबाट उत्कृट छनौट गरि पुरस्कार वितरण गरेको हो ।