पोखराका कोरोना संक्रमितः बैंकका कर्मचारी, प्रहरीदेखि मालपोतका अधिकारीसम्म

पोखरा, भदौ ६ ।
पोखरामा शनिबार थप १६ जनामा कोरोना पुष्टी भयो । तिमध्ये ३ जना प्रहरी छन् भने १ जना बैंक र १ जना मालपोत कार्यालयका कर्मचारी पनि छन् । ३ जना होम क्वारेन्टिनमा बसिरहेकाहरुमा पनि कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

अरु ७ जना कन्ट्याक्ट ट्रेसिङमा भेटिएकाहरु रहेको स्वास्थ्य महाशाखाका अधिकृत हरीलाल आर्चायले जानकारी दिए । संक्रमित ३ प्रहरी गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखरामा कार्यरत छन् । बिहीबार उक्त गणका १६ जनामा कोरोना पुष्टि भएको थियो ।

बैंकका संक्रमित बैंक अफ काठमाडौं खैरेनीटारकी कर्मचारी हुन् भने अर्को एक जना गरिमा विकास बैंकका कर्मचारीका अफन्त हुन् । संक्रमितसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ शुरु गरेको अधिकृत आर्चायले बताए । उनीहरुसगँ सम्र्पकमा आएका सबैलाई होमक्वारेन्टिनमा बस्न भनिएको छ ।

अहिले सम्म पोखरामा २ सय ५९ जनालाई कोरोना संक्रमण देखिएको छ । पोखरा महानगरपालिकामा शनिबार वडा नम्बर ९ का ६ बर्षिय बालिका र १ जना महिला र १ पुरुष, वडा नम्बर ४ का ३ जना पुरुष, ५ का १ पुरुष, ६ का २ पुरुष, ८ का ३ महिला र एक १६ बर्षिय बालक, वडा नम्बर १६ का १ पुरुष, २७ मा १ जना पुरुष र ३० मा १ महिलामा देखिएको शर्माले जानकारी दिए ।