पैसा दिएर १० बर्षिया बालिकाको बलात्कारपछि हत्या, हत्या गर्ने कुशुमले के भने ? (भिडियो)

पोखरा, असोज १० ।
पोखरा २२ पुम्दीभुम्दीकी १० बर्षिया वालिका श्रेया सुनारलाई स्थानीय कुसुम पौडेलले चक्लेट किन्ने पैसा दिएर बलत्कार गरी हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कास्कीले बुधबार प्रहरी कार्यालय परिसरमै पत्रकार सम्मेलन गरेर पौडेललाई सार्वजनिक गरेको हो । पौडेलले पत्रकार सम्मेलनमै बलत्कार पछि हत्या गरेको स्वीकारे । ‘हो मैले बलत्कार गरेर हत्या गरेको हुँ ।’

सोमबार विहान ११ बजे देखि नै हेमबहादुर विकको भट्टीमा रक्सीले टिल परेर बसेका कुसम साथीहरुसँगै १२ बजे घर गएका थिए । उनीहरुले त्यति बेला नै भट्टीबाट रक्सी बोकेर उदय केसीको घरमा थप रक्सी पिएका थिए ।

यसरी भयो बलत्कार र हत्या

रक्सीले टिल परेका कुसुम मध्यान्न पौने पाँच बजे मात्रै चुरोट किन्न भन्दै केसीको घर बाट निस्केका थिए । चुरोट किन्न हिँडेका कुसमले बिस्कुट किन्न हिँडेकी श्रेयालाई भेटेका थिए । मामा घरमा बस्ने श्रेया मामाघरबाट करिब ७० मिटर तलको मन्दिर नजिकै कुसमले चक्लेट खाउ भन्दै पाँच रुपैँया पैसा दिएका थिए । पाँच रुपैँया पाएर मक्ख परेकी श्रेयालाई पुन १० रुपैँया दिएर प्रलोभनमा पार्ने कोशिस गरे । श्रेया भाग्न खोजेपछि कुसुमले झाडीमा धकेलिदिए ।

श्रेया लडेकै ठाउँमा पुगेर कुसुमले जबरजस्ती कपडा खोले । जबरजस्ती गर्नखोजेपछि वालिका चिच्याइन । चिच्याएपछि कुसुमले श्रेयाको घाँटी थिचे । लगत्तै उनले आफ्नो चोरी औँला वालिकाको यौनाङ्गमा छिराएका थिए ।

श्रेया बेहोस भएपछि अब मरिसकी भन्दै उनले त्यहीँ रहेको ढुंगाले अनुहार, टाउकोमा हान्ने र टाउने थिच्ने गरे र नजिकै रहेको बाँसघारीको बाटो कुसुम सडकमा निस्ने । सडकमा निस्केका कुुसुमले त्यहीँ रहेको पानीको मुलमा हातखुट्टा धोइपखाली निरज खाजा घरमा चुरोट किनेर खाए ।

बिस्कुट किन्न गएकी श्रेया फर्किनन्

सोमबार साँझ आफ्नै हजुरआमासँग पैसा मागेर घर नजिककैको पसलमा विस्कुट किन्न गएकी श्रेया मंगलबार विहान मृत अबस्थामा फेला परेकी थिइन् ।

मंगलबार आठ बजे श्रेयालाई मृत अबस्थामा फेला पार्ने बित्तिकै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गाउँलेले उनलाई पसलतर्फ जाने बीचको खोल्सी छेउको झाडीमा मृत भेटाएका हुन् ।

त्यस्तै वालिकाको तलको कपडा खोलिएको र माथिल्लो भागको कपडा घाँटी सम्म सोह्रिएको अवस्थामा भेटिएको स्थानीय राजन मिजारले जानकारी दिए । शव नजिकै रगत लतपतिएको तिखो ढुंगा समेत भेटिएको छ । डिएसपी रबिन्द्रमान गुरुङले दोषीलाई कानुनअनुसार कारबाही हुने बताए ।