पेमा छाल शाक्य गुम्बामा नव निर्मित पुस्तकालय भवनको उद्घाटन

पोखरा १३ साउन ।
पोखराको हेम्जा स्थित याम्दीमा रहेको पेमा छाल शाक्य गुम्वामा नव निर्मित पुस्तकालय भवन र डायनिङ भवनको उदघाटन गरिएको छ । गुम्वामा अध्ययनरत विधार्थीहरुलाई लक्षित गरि निर्माण गरिएको पुस्तकालय भवन, डायनिङ हल र भान्छाकोठाको गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्टले उद्घाटन गरे । उक्त भवनको उदघाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य ईन्द्र धारा विष्टले गुम्वा स्कुलमा अध्ययनरत विद्यार्थिहरुलाई लक्षित गरि निर्माण गरिएको पुस्तकालय भवन, डायनिङ हल र भान्छा कोठालेले विद्यार्थीहरुलाई खाना खान र पढ्न सहज वातावरण हुने वताए ।
गुम्वाले बुद्ध शिक्षा संगै यतिवेला कोरोना महामारिको रोकथामका लागी गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाद्धारा स्थापना गरेको कोरोना रोकथाम कोषमा समेत आर्थिक सहयोग गरि सामाजिक उत्तरदायित्व वहन गरेको र आगामि दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिदै अगाडि वढ्न आग्रह गर्दै हरपल गुम्वालाई सहयोग गर्न आफु तयार रहेको वताए ।
सो अवसरमा गुम्वाका लामा गुरु खेन्पो कुङ्गा ढेण्डुपले लकडाउनकै विच गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्टको साथ र सहयोगमा पुस्तकालय, डायनिङ हल र किचन निर्माणको काम सफलता पुर्वक निर्माण गर्नमा आफुहरु सफल भएको वताउदै प्रदेश सभा सदस्य विष्टलाई धन्यवाद व्यक्त गरे । वर्षायाम शुरु संगै लकडाउन समेत जारी रहदा निर्माणको काम अलपत्र पर्ने अवस्थामा माननीयको सहयोगमा समयमै निर्माण सम्पन्न गर्न पाउदा आफुहरु निकै खुसी रहेको समेत ढेण्डुपले वताए ।
उपल्लो मुस्ताङ र हिमाली क्षेत्रका गरि १ सय १५ जना विद्यार्थीहरु गुम्वामा आवासिय रुपमा अध्ययन गर्दै आईरहेको गुम्वाका लामा गुरु टासि वाङ्गेलले वताए । हालै सञ्चालनमा आयको पुस्तकालयमा वुद्ध धर्मको ग्रन्थ त्रिपिठक कङ्ग्युर, वुद्ध दर्शन सम्वन्धि विभिन्न पुस्तक, अङ्ग्रेजी पुस्तक लगायतका पुस्तक सङ्गै विभिन्न तीन तहको कक्षाहरु सञ्चालन गर्ने कोठाहरु रहेको समेत लामा वाङ्गेलले जानकारि दिय । यसैविच गुम्वामा हाल वर्षायाममा आयोजना गरिने ४५ दिन सम्म सञ्चालन गरिने यान्य पुजा समेत जारि रहेको गुम्वाले जनाएको छ ।