पेट्रोलको भाउ बढ्यो

पोखरा, साउन ३२ ।
पेट्रोलियम पदार्थको भाउ बढेको छ । आइतबार रातीदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य १ रुपैयाँ बढाईएको हो । डिजेल, पेट्रोल र मट्टीतेलको भाउमा समान बृद्धी भएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ तथा डिजेल र मट्टितेलको ९१ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्याँसको मुल्य थपघट भएको छैन ।