पृथ्वीचोकमा लायन्सको सहयोगमा सिसिटिभी

पोखरा, असार ४ ।

लायन्स क्लब अफ पोखरा हेल्पफुल हेन्ड्सले पृथ्वीचोकस्थित ट्राफिक कार्यालय नजिक २ वटा सिसिटिभी क्यामरा जडान गरेको छ । यातायातका साधन दुर्घटनाका न्युनीकरणमा सघाउने उद्देश्यले सिसिटिभी जडान गरिएको क्लबका अध्यक्ष मोहनमणि सुवेदीले जानकारी दिए । सोमबार एक कार्यक्रमका बीच सिसिटिभी क्यामरा जिल्ला प्रहरी कार्यालय कास्कीलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर योगेन्द्र प्रधानले सिसिटिभी क्यामरा जडानले दुर्घटना न्युनीकरणमा सहयोग पुग्ने विश्वास गरे । ट्राफिक कार्यालय कास्कीका प्रमुख ऐनबहादुर मल्लले पृथ्वीचोक सहित अन्य क्षेत्रमा पनि सिसिटिभी क्यामरा जडान गर्न पहल गर्ने बताए ।

रिजन चियर पर्सन बिनोद ढुङगानाले हेल्पफुल हेन्ड्सले स्थापनाको छोटो समयमा उदाहरणीय कामहरु गरेको बताउँदै थप रचनात्मक कार्यक्रम गर्न सुझाव दिए । क्लब अध्यक्ष मोहनमणि सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सचिव अन्जु नेपालीले गरेकी थिइन् । क्लबले निरन्तर रुपमा सामाजिक कार्यक्रमहरु सञ्चालन गरिरहेको प्रथम उपाध्यक्ष मोहन सुवेदीले बताए ।