पृथ्वीचोकको आईल्याण्ड भत्काईयो

पोखरा, असोज १० ।
पोखराका आईल्याण्ड भत्काउन सुरु गरिएको छ । सडक दुर्घटनालाई न्युनिकरण गर्दै सडकमा हुने जामलाई न्युनिकरण गर्न पोखरामा ठुलो आकारमा रहेका आईल्याण्डहरुको आकार सानो पार्न पहिलो चरणमा आइल्याण्ड भत्काउन सुरु गरिएको पोखरा लेखनाथ महानगरपालिकाले जनाएको छ ।
अघिल्लो साता जीरो किलोमिटरको आईल्याण्ड भत्काएको महानगरले शनिबार राती पृथ्वीचोकको आईल्याण्ड पनि भत्काएको छ । सडक डिभिजन कार्यालय पोखरा, जिल्ला ट्राफिक कार्यालय कास्की, पोखरा लेखनाथ महानगरपालिका लगायतका संघ सस्ंथाको समन्वयमा पृथ्वीचोकमा रहेको आईल्याण्ड आज (शनिबार) विहान डोजर लगाएर भत्काईएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
यसपछि अमरसिंहचोक र अन्य चोकहरुको आईल्याण्ड पनि क्रमश भत्याउँदै जाने तयारी छ ।