पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट

 

काठमाडौं, माघ २९ ।

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाईसमेत मुद्दा चलाउन माग गर्दै अधिवक्ता बालकृष्ण न्यौपानले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

यही माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि मन्त्रिपरिषद्बाट निर्णय गर्ने पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्मा प्रस्ताव लगेको आरोपमा तीन पूर्वमन्त्री र तीन पूर्वसचिवमाथि भने मुद्दा लगाइएको छ ।

नीतिगत निर्णय गर्नेहरुमाथि पनि कारबाहीको माग गर्दै हालिएको रिटमा सुनुवाइको पेसी भने तोकिएको छैन ।
(ईमेजखबरबाट साभार)