पूरानै नियतीमा कास्की काँग्रेस

पोखरा, असोज २० ।
स्थानीय तहको चुनाव कास्की काँग्रेसका लागि निकै दुखद रह्यो । यसको एउटा प्रमुख कारण धेरै उम्मेदवारको सिफारिस पनि थियो । आकांक्षीजति सबैको नाम केन्द्रमा जिम्मा लगाएपछि धेरै बहसहरु पनि भए । कतिपयले एकअर्कालाई असहयोग गर्ने र अन्तर्घात सम्मको वातावरण समेत सिर्जना भयो । फलस्वरुपः काँग्रेस नराम्ररी हार्न पुग्यो ।
त्यही नियति यसपटक पनि देखिँदै छ । ९ उम्मेदवार छान्न क्षेत्रबाट १ सय ५७ जनाको नाम जिल्लामा सिफारिस भयो । जिल्लामा जम्मा भएका सबै नामलिष्ट सभापति कृष्ण केसीले केन्द्रमा बुझाए । यसले स्थानीय तहकै नियति दोहोरिन सक्ने शंका कार्यकर्तासँग छ । तर केन्द्रिय निर्देशन अनुसार नै क्षेत्रको सिफारिस सोझै केन्द्रमा पठाएको सभापति केसीले बताए ।
‘क्षेत्रको सिफारिस जस्ताको तस्तै बुझाउनु भन्ने निर्देशन थियो । हामीले त्यसै ग¥यौं, उनले भने–यो हाम्रो कमजोरी होईन । निर्देशन मानेका हौं ।’