पिएन क्याम्पसमा हवाई फायर र अश्रुग्याँस

पोखरा, जेठ २९ ।
पिएन क्याम्पसमा विद्यार्थीले गरेको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । राँके जुलुस निकाल्न नदिन केन्द्रको आदेश आएको भन्दै रोक्न खोज्दा विद्यार्थी प्रहरीमाथी जाईलागेका थिए ।

त्यसपछि दोहोरो झडप भएको थियो । विद्यार्थीले क्याम्पस गेटभित्रबाट ढुंगामुढा गरेका थिए । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड हवाई फायर र १० राउण्ड अश्रुग्याँस फालेको छ । अवस्था अझैपनि नियन्त्रण बाहिर छ । नाराबाजी भैरहेको पत्रकार विजय नेपालीले जानकारी दिए ।