पोखरामा श्रीमानले मारे आफ्नै श्रीमति

पोखरा, असोज ११ ।
पोखरा ३२ खोलाको छेउमा रहेको सुकुम्बासी बस्तीमा श्रीमानले आफ्नै श्रीमतिको हत्या गरेका छन् । बुधबार साँझ ५५ बर्षिय यानबहादुर गुरुङले आफ्नै श्रीमति ६० बर्षिया श्रीमाया गुरुङको हत्या गरेका हुन् ।

हत्या गरेपछि बोरामा पोको पारेर फालेको स्थानीयले बताएका छन् । ‘मैले बुढीलाई मारें भनेर याने घरबाट निस्किएको हो । अहिलेसम्म फर्किएको छैन, स्थानीयलाई उदृत गर्दै प्रहरीले भनेको छ ।’ श्रीमतिलाई प्यारालाईसिस भएको बुझिएको छ ।

घटनाबारे अनुसन्धान चलिरहेको छ । कास्की प्रहरी प्रमुख ओम राना सहितको टोलि यतिबेला घटनास्थलमा पुगेको छ ।