पाहुना टोलीमाथी थ्रि स्टारले गर्यो गोलको बर्षा

पोखरा, माघ १७ ।
पाहुना टोली बंगलादेशको उत्तर बारिधारा फुटवल क्लवमाथी थ्रिस्टार क्लवले फराकीलो जीत निकालेको छ । बुधबार पोखरा रंगशालामा भएको प्रतियोगितामा थ्रिस्टारले पाहुना टोलीलाई ५–० गोलअन्तरले हरायो । जीतसँगै थ्रिस्टारले आहा रारा गोल्डकपको १६ औं संस्करणको फाईनलमा प्रबेश पायो । थ्रिस्टारका लागि विश्वास श्रेष्ठले ह्याट्रिक गरे । बाँकी दुई गोल विष्ण गुरुङ निराजन खड्काको भागमा पर्यो ।
४२ औं मिनेटमा बिष्णुको गोलबाट अग्रता लिएको थ्रिस्टारका लागि निराजन खड्काले ४५ औं मिनेटमा दोश्रो गोल गरे । पहिलो हाफको अतिरिक्त समयमा विश्वास श्रेष्ठले गोल गर्दै ३–० को अग्रता दिलाए । त्यसपछि ६५ र ७३ औं मिनेटमा विश्वासले निरन्तर गोल थपे । लगातार दवावमा परेको पाहुना टोली अन्ततः गोलरहीत घर फिर्कएको छ । थ्रिस्टार सामु पाहुना टोली खासै जम्न सकेन ।

तस्विर-सुदर्शन रञ्जित