पाल ऐ हाम नामग्याल गुम्बा स्कुलद्धारा दृष्टी क्षमता कम भएकालाई रेनकोट वितरण

पोखरा ०८ साउन ।
अपाङगता भएका ब्याक्तिहरुलाई सीप संगै स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित अपाङ्गतामैत्री आश्रममा रहेकाहरुलाई हिमाली जिल्ला मुस्ताङमा रहेको पाल ऐ हाम नामग्याल गुम्बा स्कुलले खाद्यान्न सामाग्री संगै रेनकोट वितरण गरेको छ । अपाङगता भएका ब्याक्तिहरुलाई लक्षित गरी पोखराको लेखनाथ स्थित बुढीबजारमा सञ्चालित आश्रममा आश्रित ३० जना शारिरीक अपाङ्गता दृष्टी क्षमता कम भएका ब्याक्तिहरुलाई गुम्बा स्कुलले खाद्यान्न सहित रेनकोट वितरण गरेको हो ।

आश्रममा रहेका ३० जना दृष्टी क्षमता कम भएका ब्याक्तिहरुले आश्रममा सरफ उत्पादन गर्दै आएको र वाहिरबाट कलम, धुप जस्ता सामाग्रीहरु खरिद गरी विक्री वितरणमा हिड्दा वर्षा याममा रुझ्दै हिड्नुपर्ने अवस्था आएपछि गुम्बा स्कुलले उनीहरुलाई रेनकोट प्रदान गरेको हो ।

आश्रमका सचिव डण्डपाणी ढकालका अनुसार शारिरीक अपाङ्गता भइ घर परिवारबाट अपहेलना गरिएका ब्याक्तिहरुलाई लक्षित गरी सञ्चालन गरेको आश्रममा आफुहरुले हाल लुगा धुने सरफ उत्पादन गर्दै आइरहेको र निकट भविष्यमा अगरबत्ती धुप समेत उत्पादन गरी विक्री वितरण गर्ने लक्ष्य रहेको वताए । हाल बाहिरबाट कलम, अगरबत्ती र आश्रममा उत्पादित सरफ बिक्री वितरण गर्ने क्रममा वर्षाका कारण समस्या भइरहदा गुम्बा स्कुलले रेनकोट प्रदान गरेर ठूलो गुण लगाएको वताए ।

सो अवसरमा वोल्दै गुम्बा स्कुलका सल्लाहकार तथा गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले अपाङ्गता भएका ब्याक्तिहरुको स्वरोजगारका लागी सञ्चालन गरिएको आश्रममा अगरवत्ती र सरफको आधुनिक उद्योग स्थापनाका लागी गण्डकी प्रदेश सरकार संग आग्रह गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । उक्त कार्यक्रममा पाल ऐ हाम नामग्याल गुम्बा स्कुलका प्रध्यानाध्यापक ग्याचो गुरुङ र सोनाम लामाले आफ्नो स्कुलले कोरोना र प्रकृति विपत्तिमा परेका र अशक्त अशहाय , अपाङ्ग र वृद्धवृद्धाहरुलाई लक्षित गरी राहत वितरण गर्दै आइरहेको वताए । हिमाली जिल्ला मुस्ताङको लोमन्थाङ गाउपालिका वडा नम्बर ३ मा रहेको पाल ऐहाम नामग्याल गुम्बा स्कुलले हिउदको समयमा पोखरामा पोखरा महानगरपालिका १८ खपौदीमा स्कुल सञ्चालन गर्दै आएको छ ।