पहिलो कौह्रा संरक्षण पत्रकारिता पुरस्कार नवलपुरकी कमला रानालाई

पोखरा, जेठ २५ ।

राष्ट्रिय मौलिक कौह्रा संरक्षण समिति, नेपालद्वारा स्थापित एवं नेपाल मगर पत्रकार संघ कास्की शाखाद्वारा सञ्चालित पहिलो ‘राष्ट्रिय मौलिक कौह्रा संरक्षण पत्रकारिता पुरस्कार–२०७५’बाट नवलपुरकी पत्रकार कमला रानामगरलाई पुरस्कृत गरिने भएको छ । नेपाल मगर पत्रकार संघ कास्की शाखाको बिहीबार बिहान बसेको बैठकले यसअघि गठित प्रतिभा छनौट समितिले गरेको सिफारिसलाई अनुमोदन गरेको हो ।

संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिमा समितिका तर्फबाट हर्क आलेमगर, तारामाया थापामगर, नन्दु थापामगर, संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, जिल्ला शाखा अध्यक्ष रूद्रबहादुर हितानमगर र सचिव उमा आलेमगर सदस्य रहेका थिए । संघकी केन्द्रीय सदस्य एवं रेडियो मध्यविन्दुकी समाचार प्रमुख रानामगरलाई यही जेठ ३० गते आयोजना हुने कार्यक्रममा पुरस्कृत गरिने जिल्ला अध्यक्ष हितानमगरले जानकारी दिए । अध्यक्ष हितानमगरका अनुसार पत्रकार रानामगरलाई पुरस्कार राशि ५ हजार १ रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित पुरस्कृत गरिनेछ ।

कौह्रा संरक्षण समितिको स्थापना दिवस खासमा जेठ १५ गते भएपनि विशेष कारणवश यसपटक ढिलो भएको र आगामी वर्षदेखि जेठ १५ गणतन्त्र दिवसकै दिन पुरस्कार प्रदान गरिने समितिका अध्यक्ष हर्क आलेमगरले जानकारी दिए । यो वर्ष समितिको तेस्रो स्थापना दिवसको सन्दर्भ पारेर पुरस्कार दिन लागिएको हो । मगरात क्षेत्रको लोकप्रिय नाच मानिने कौह्राको संरक्षण र प्रवद्र्धनमा पत्रकारितामार्फत् योगदान पु¥याउने एक जना पत्रकारलाई हरेक वर्ष यो पुरस्कारबाट पुरस्कृत गर्ने गरी पुरस्कार अक्षयकोष स्थापना गर्ने तयारी समेत भइरहेको आलेमगरले बताए ।