पहिरो पीडितलाई तरुण दलको सहयोग

पोखरा, असोज १ ।
पोखरा १८ सराङकोट स्थित मेथ्लाङमा पहिरोबाट पीडित परिवारलाई तरुणदल कास्कीले आर्थिक सहयोग गरेको छ । असार १७ गतेको पहिरोमा घर भत्किएपछि पीडित बनेकी गंगा खड्काको परिवारलाई १५ हजार नगद तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले हस्तान्तरण गरे । अध्यक्ष गुरुङले घर गुमाएका परिवारलाई राहातस्वरुप सहयोग गरिएको बताए । खड्काको भान्साकोठा र एउटा सुत्ने कोठा बगाएको थियो ।
तरुण दलले बाढी पहिरोमा पीडित बनेका परिवारलाई सघाउने उद्देश्यले भदौ १० गते पोखरामा सांगितीक कार्यक्रम गरेको थियो । त्यसबाट संकलन भएको ३ लाख तराईका बाढी पीडितलाई सघाउन केन्द्रिय समिति मार्फत पठाएको थियो भने १ लाख ५५ हजार माछापुच्छ«े गाउँपालिका वडा नम्बर ५ का पहिरो पीडितलाई सघाएका थिए । २५ हजार रुपैयाँ पोखरा ५ धारापानीका पहिरो पीडित विद्यार्थीलाई शैक्षिक सामाग्री तथा बिद्यालय पोशाक सहयोग गरिएको गुरुङले जानकारी दिए ।
यसैबीच, सराङकोटको गोठादीमा तरुण दल गठन भएको छ । समाजको सकारात्मक परिवर्तनको लागि तरुण जागरण अभियान अन्तर्गत रविन्द्र थापाको संयोजकत्वमा २२ सदस्यीय समिति गठन भएको हो । समितिको उपसंयोजकमा उदय थापा, सचिव ओमराज थापा, कोषाध्यक्ष महेश थापा लगाएत छन् ।
पोखरा १८ का काँग्रेस सभापति शिव तिमिल्सीनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालान इकाई सचिव डिल्लिराम तिमिल्सीनाले गरेका थिए । कार्यक्रममा तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, नेपाल आदिबासी जनजाति संघका उपाध्यक्ष आस बहादुर गुरुङ, नेविसंघ फोर्सका संयोजक विकास थापा लगाएतले बोलेका थिए । समाज सुधार अभियान अन्तर्गत सराङकोटका ३३ वटै टोलमा समिति गठन गरेर तीन सय भन्दा बढी तरुण चुनावका लागि तयार गर्ने तरुण दल इकाई अध्यक्ष नारायण पहारीले जानकारी दिए ।