पश्चिमाञ्चल र एपीएफलाई ह्याण्डबलको उपाधि

धन बस्नेत
पोखरा, पुस २२ ।
पश्चिमाञ्चलले पुरुष तर्फ ह्याण्डबलको उपाधि जित्दा महिला तर्फ भने शसस्त्र प्रहरी बलको पोल्टामा परेको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दुवै उपाधि आर्मीले उचाल्दा राखेप च्याम्पियनमा भने आर्मी भने उपविजेतामा चिक्त बुझाउन बाध्य भयो । सातौंमा पश्चिमाञ्चल शसस्त्र प्रहरी बलसँग पराजित हुदैं फाईनल पुग्नबाट बन्चित भएको थियो । चार अंकले पछि पार्दै पश्चिमाञ्चलले १८ औं पुरुष ह्याण्डबलको उपाधि रक्षा गर्यो । शनिबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको मैदानमा सम्पन्न फाईनलमा खेलमा घरेलु टिमपश्चिमाञ्चलले नेपाल आर्मीको टिमलाई २९–२५ को गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी पश्चिमाञ्चलका हेमन्त थापा घोषित भए ।
एपिएफले मध्यमाञ्चललाई ६३–२९ को फराकिलो गोल अन्तरले पराजित गरी तेश्रोस्थानमा रह्यो उपविजेता बनेको नेपालआर्मी अनुसासित टिमको पगरी गुथ्यो । एपिएफका दिपकसिंह बोहरा ४८ गोल गर्दै सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भए । दर्शकहरुको उल्लेखनीय सहभागितामाझ शनिबार पोखरा रंगशालामा सम्पन्नभएको ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता तर्फको फाईनल खेलमा एपिएफले अर्को विभागिय टोली नेपाल आर्मीलाई २४–१५ को गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भयो ।
महिलातर्फ तेश्रो स्थानको लागि भएको खेलमा पुर्वाअञ्चलले घरेलु टिम पश्चिमाञ्चललाई १८–१४ को गोल अन्तरले पराजित गर्दै कास्य पदकमा चिक्त बुझायो । । विजेतालाई ३० हजार, दोश्रो हुनेलाई २० हजार र तेश्रो हुनेलाई १० हजार साथमा ट्रफि मेडल प्रमाणपत्र वितरण गरियो । दुई विभागिय सहित ७ टिम सहभागि भएको प्रतियोगितामा उत्कृष्ट खेलाडी एपिएफकी उमा राई घोषित भईन । उनले फाईनल खेलमा ८ गोल गरेकी थिईन् । प्रतियोगिताको सेमिफाईनल र फाईनलमा गरी २८ गोल गरेकी आर्मीकी खेलाडी शान्तिकला राईले सर्वाधिक गोलकर्ता बन्दै पुरस्कार थापिन् ।
नेपाल ह्याण्डबल संघको तत्वाधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना हङकङ व्यूटि ईन्स्टिच्यूटप्रालिको मूख्य प्रायोजनमा आयोजित प्रतियोगितामा विजयी खेलाडीहरुलाई सांसद रविन्द्र अधिकारी, नेपाल ह्याण्डवल संघका अध्यक्ष एवं नेपाल ओलम्पिक समितिका सदस्य तेज गुरुङ, संघका बरिष्ठ उपाध्यक्ष रामकृष्ण केसी, संघ कास्कीका अध्यक्षक्याप्टेन जगबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।