पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा तालाबन्दी

पोखरा, साउन १९ ।
पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा तालाबन्दी गरिएको छ । कर्मचारी युनियनले विभिन्न तीनबुँदे माग गर्दै प्रतिष्ठानमा तालाबन्दी गरेको हो । नयाँ कर्मचारी नियुक्तिका लागि सिफारिस गर्दा आफुँहरुको माग नसुनिएको भन्दै अस्पतालको प्रशासन शाखा, उपकुलपतिको कार्यालय र प्रतिष्ठान निर्देशकको कार्यालयमा ताला लगाएको हो ।

माग पूरा नहुँदासम्म ताला नखुल्ने युनियनका अध्यक्ष ढाकाकुमार श्रेष्ठले जानकारी दिए । ‘युनियनको तर्फबाट पटक–पटक दिइएको ज्ञापनपत्रमा कुनै सुनुवाई भएन । त्यसैले यही साउन १८ गतेदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।–विज्ञप्तीमा भनिएको छ ।’

प्रशासनले ऐन मिचेर थप कर्मचारी नियुक्त गर्नका लागि सिफारिस गरेको भन्दै श्रेष्ठले प्रशासनले सीधै कर्मचारी नियुक्त गर्न नपाउने बताए । समितिमार्फत नियुक्त भएका २९९ जना कर्मचारी रहेका उनले जानकारी दिए । उनीहरु विगत १० वर्षदेखिकाम गर्दै आएपनि स्थायी भएका छैनन् ।