पल शाह जेल चलान

पोखरा, चैत १० ।
नावालिका बलात्कार आरोपमा पक्राउ परेका अभिनेता पल शाह पुर्पक्षका जेल चलान भएका छन् । बुधबार र विहिबार दुबैतर्फका वकिलले बहस गरेपछि न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हाे ।

अर्का प्रतिवादी कृष्ण जोशीलाई १ लाख धरौटी बुझाएर साधारण तारेखमा छाड्न आदेश दिएको छ । जाहेरीकर्ताकाे तर्फबाट ७ र प्रतिवादीकाे तर्फबाट ११ जना वकिलहरुले बहस गरेका थिए ।