पर्यटन भ्रमण वर्ष सचिवालय र मिडिया सोसाइटीबीच समझदारी

 

काठमाडौं, मंसिर २९ ।

पर्यटन भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले पर्यटन भ्रमण वर्ष सचिवालय र मिडिया सोसाइटीबीच समझदारी भएको छ ।

शनिबार सचिवालयले एक कार्यक्रम गरी भ्रमण वर्ष २०२० को अवसरमा विभिन्न स्याटेलाइट टेलिभिजन, रेडियो तथा राष्ट्रिय दैनिक पत्रिकामार्फत् भ्रमण वर्षसँग सम्बन्धित सामग्रीहरु प्रचार गर्नेगरी सम्झौता गरेको हो ।

समझदारीपत्रमा भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्य र मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले हस्ताक्षर गरे ।

समझदारीअनुसार स्याटेलाइट टेलिभिजन तथा राष्ट्रिय दैनिकबाट पर्यटन भ्रमण वर्षका कार्यक्रमका समष्टिगत विषयलाई समेटेर प्रमुखताका साथ समाचार तथा विशेष रिपोर्ट प्रस्तुत गरिनेछ ।

कार्यक्रममा भ्रमण वर्षका संयोजक वैद्यले पदमार्ग तथा धार्मिकस्थलबारे जानकारी दिनका लागि सचिवालयले काम गरिरहेको जानकारी दिए ।

भ्रमण वर्षमा पर्यटकको नेपाल बसाइँ अवधि लामो बनाउनका लागि धार्मिक पर्यटनकाबारेमा जानकारी दिइने उनको भनाइ थियो ।
(ईमेजखबरबाट साभार)