पर्यटकीय गाउँ सिक्लेस जाने सडक कालोपत्रे हुँदै, ३८ करोड बिनियोजन

पोखरा, पुस ५ ।
कास्कीको पर्यटकीय क्षेत्र सिक्लेस जाने बाटो कालोपत्रे गर्न सरकारले बजेट विनियोजन गरेको छ । काहुँखोला दुधपोखरी सडक स्तरोन्नतीका लागि संघ र प्रदेश सरकारले ३७ करोड ९४ लाख रुपैेयाँ बजेट दिएको हो ।

यसअघि पनि भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बिजयुरदेखि थाकसम्म १० किलोमिटर बाटो पक्की बनाउन ४० करोड विनियोजन गरिएको थियो । यसको २ बर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएर पनि निर्माणको काम सुरु भैसकेको मादी ७ का वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए ।

मादी गाउँपालिकाको आग्रहमा प्र्रदेश र संघ सरकारले बजेटको ब्यवस्था गरिदिएको हो । २ बर्ष भित्रै बाटो पक्की गरिसक्ने प्रदेश सांसद मनबहादुर गुरुङ बताउँछन् ।

हाल बाटो चक्लाउने, ग्याभिन जाली भर्ने र रिटेनिङ वाल उठाउने काम भैरहेको निर्माण कम्पनीले जनाएको छ । विनियोजित बजेटले खिलाङ सम्मको बाटो पक्की हुने र थप कामका लागी बजेट आवश्यक रहेको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले बताए ।