पर्यटकीय गाउँ घलेलमा ल्होसार उत्सव

पोखरा, पुस ११ ।
कास्कीको उत्तरी गाउँ घलेलमा ल्होसार उत्सव हुँदैछ । माछापुच्छ्रे गाउँपालिका ८ र ९ मा रहेको बौद्ध सिर्जना युवा क्लवले ल्होसार उत्सव गर्न लागेको हो । १९ औं संस्करणको महोत्सव पुसको १५ देखि २१ गते सम्म चल्नेछ । महोत्सव अवधिभर खेलकुद प्रतियोगिता र सांस्कृतिक कार्यक्रम हुने क्लवका अध्यक्ष राम गुरुङले जानकारी दिए ।
उत्सव अवधिभर अन्तर गाउँ स्तरिय पुरुष भलिवल प्रतियोगिता, अन्तर क्लव स्तरिय महिला भलिवल प्रतियोगिता, भेट्रान्स पुरुष भलिवल प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला मेच घुमाइ प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता, भेट्रान्स छेलो हान्ने प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, पन्जा जुधाइ, लाहाचोक श्रोत केन्द्र स्तरिय आधारभुत तहको छात्र भलिवल प्रतियोगिता, लाहाचोक श्रोत केन्द्र स्तरिय आधारभुत तहको छात्रा भलिवल प्रतियोगिता, लाहाचोक श्रोत केन्द्र स्तरिय हाजिरीजवाफ प्रतियोगिता, लाहाचोक श्रोत केन्द्र स्तरिय हिसाव दौड प्रतियोगिता, लाहाचोक श्रोत केन्द्र स्तरिय श्रुति लेखन प्रतियोगिताको आयोजना गरिने कार्यक्रम संयोजक रुम बहादुर गुरुङले जानकारी दिए ।
अन्तर गाउँ स्तरिय पुरुष भलिवल तर्फ बिजेता, उपबिजेता र शान्तवना हुने टीमले क्रमश ५५ हजार , ३० हजार र १५ हजार शिल्ड, मेडल तथा प्रमाण पत्र प्रदान गर्नेछन भने वेष्ट प्लेयरलाई आकर्षण पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ । अन्तर क्लव स्तरिय महिला भलिवल प्रतियोगितामा बिजेता र उपबिजेतालाई क्रमश २० हजार १० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
त्यसैगरी भेट्रान्स पुरुष भलिवल प्रतियोगिताको बिजेताले १२ हजार नगद र उपबिजेताले ८ हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने बेष्ट प्लेयरलाई आकर्षक पुरस्कारको ब्यवस्था गरिएको क्लबका सचिब दुर्गा गुरुङले जानकारी दिए । उनका अनुसार अन्य प्रतियोगिताको बिजेता र उपबिजेतालाई प्रमाण पत्र सहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन । उक्त उत्सवको धर्मगुरु कर्मा लामाले चरा बर्गको विदाइ गर्दै कुकुर बर्गको स्वागत गर्दै सम्पूर्ण प्राणीको हितको लागी ग्रह शान्तिको पुजापाठ गरी सुभारम्भ गर्नेछन ।
६ दिन सम्म सञ्चालन हुने घलेल उत्सवमा कास्की माछापुच्छ«े निवासी पूर्व राष्ट्रिय भलिवल खेलाडी लेखनाथ लम्सालको १४ वर्षिय छोरी अलिसा लम्साल जो विगत दुइ वर्षदेखि हड्डीको क्यान्सरबाट ग्रसित भइ उपचाररत छिन उनको उपचार सहयोगका लागी उत्सव अवधिभर सहयोग रकम समेत जुटाइने आयोजकले जनाएको छ ।