पत्रकार राजबहादुर गुरुङलाई ‘शान्ति पत्रकारिता पुरस्कार’

पोखरा, भदौ २२ ।
अग्रज पत्रकार राजबहादुर गुरुङ शान्ति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । पूर्ण प्रसाद बराल, मायादेबी बराल प्रतिष्ठानद्धारा स्थापित गण्डकी प्रदेश स्तरिय सो पुरस्कार आज पत्रकार राज बहादुर गुरुङलाई औपचारिक समारोहकाबीच अर्पण गरिएको हो ।

बिगत दुई दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल भई समाज परिबर्तनको लागि महत्वपूर्ण भुमिका पु¥याएको भन्दै गुरुङलाई सो पुरस्कार अर्पण गरिएको हो । नेपाल प्रेस युनियन कास्कीद्धारा आयोजित पुरस्कार अर्पण कार्यक्रमका प्रमुख अतिथि गुरु कृष्णदास स्वामी लगायतले पत्रकार गुरुङलाई दोसल्ला, सम्मानपत्र तथा नगद २५ हजार ५ सय ५५ रुपैया प्रदान गरे ।

युनाईटेड खबर डटकमका प्रधान सम्पादक समेत रहेका पुरस्कृत पत्रकार गुरुङले यसअघि तमु पत्रकारिता पुरस्कार, कर्मकर्ण पत्रकारिता पुरस्कार लगायत अन्य धेरै पुरस्कारहरु हात पारिसकेका छन् । सोही अबसरमा बोल्दै स्वामीले पुरस्कार महत्वपूर्ण ब्यक्तिलाई अर्पण गरेकाले स्थापना गर्ने प्रतिष्ठानको गरिमा बढेको उल्लेख गरे ।

पत्रकारलाई दिईने सम्मान तथा पुरस्कारले चुस्त दुरुस्त तथा सन्तुलित समाचार संम्प्रेषण गर्न हौसाउने बताउँदै स्वामीले आगामी दिनमा पत्रकारिताको कलम सत्य, निष्पक्ष र सन्तुलनको पक्षमा चलाउन समेत आग्रह गरे । स्वामीले पत्रकारिता क्षेत्रमा जस्तो सुकै जोखिम मोलेर भएपनि सत्य तथा निष्पक्ष सुचना आम जनतामाझ पु¥याउने जस्तो महान कार्य अरु हुन नसक्ने बताए ।

उनले समयको महत्वलाई मध्यनजर गर्न सकेको खण्डमा जो कोही ब्यक्ति सफल बन्न सक्ने बताए । पुरस्कृत पत्रकार गुरुङलाई आजैबाट उपचार गरेर निको पार्ने प्रतिबद्धता समेत जनाएका थिए । कार्यक्रममा पत्रकार महासंघ, गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, काँग्रेस नेतृ सरस्वती गुरुङ, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य ऋषिकान्त पौडेल लयायतले बोलेका थिए ।