पत्रकार महासंघको भवन बनाउन गण्डकी सरकारले दियो ४० लाख

पोखरा, असोज १७ ।
गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका पत्रकार महासंघका विभिन्न शाखाको भवन निर्माणका लागि बजेट ब्यवस्था गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले महासंघ गण्डकी प्रदेशलाई १५ लाख दिने निर्णय गरेको हो ।

यस्तै, बागलुङ शाखालाई १५ र तनहूँ शाखालाई १० लाख रुपैयाँ दिईने सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए । उनका अनुसार कास्की जिल्ला बार एशोसियसनलाई पनि भवन निर्माणका लागि ३० लाख दिने निर्णय भएको छ ।