पत्रकार महासंघको कार्यसमिति म्याद थपियो, फागुन ३ मा चुनाव

पोखरा, भदौ ३ ।
नेपाल पत्रकार महासंघ अन्तर्गत सबै कार्यसमितिको म्याद ६ महिना थपिएको छ । महासंघको आज (बुधबार) को राष्ट्रिय भेलाले कार्यसमितिको म्याद थप्ने निर्णय गरेको हो ।

अब अर्को चुनाव फागुन ३ गते हुने भएको छ । भेलाले मंसिर भित्र जिल्ला, पुष महिनामा प्रदेशको तथा माघमा पत्रकार महासंघ केन्द्रीय साधारण सभा गर्ने निर्णय पनि गरेको छ । सोही भेलाबाट २०७६ सालको सदस्यता शुल्क छुट गर्ने निर्णय भएको गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिए ।