पक्राउ परे डा गोविन्द केसी

काठमाण्डौं, पुस २४ ।
डा. गोविन्द केसी पक्राउ परेका छन् । अदालतको अपहेलना मुद्दामा उनी सोमबार पक्राउ परेका हुन् । सर्वोच्च अदालतको आदेशका आधारमा प्रहरीले उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पक्राउ गरेको हो । उनलाई पक्राउपछि महानगरीय प्रहरी परिसर टेकु लगिने एसपी रामदत्त जोशीले नेपाल लाइभलाई बताए । स्रोतका अनुसार केसीलाई अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राख्ने तयारी छ । मंगलबार अदालतमा उपस्थित गराउन सजिलो हुने भएकाले उनलाई सिंहदरबार वृत्तमा राख्न लागिएको हो ।
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का डीन नियुक्ति प्रकरणमा अदालतको फैसला विरुद्ध डा केसीले दिएको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै सर्वोच्चमा सोमबार रिट दायर भएको थियो । सर्वोच्चले डा केसीलाई मंगलबार बिहान ९ बजे पक्राउ गरेर उपस्थित गराउन प्रहरीलाई पत्राचार गरेको थियो ।