पक्राउ परेका गण्डकी मेडिकल कलेजका दुवै कर्मचारीलाई ठगी मुद्धा

पोखरा, फागुन २४ ।
विद्यार्थीले दिएको उजुरीका आधारमा पक्राउ परेका गण्डकी मेडिकल कलेजका दुवै जना कर्मचारीलाई ठगी मुद्धा दर्ता गरिएको छ । जिल्ला अदालतमा उनीहरुलाई मुद्धा दायर गरिएको हो ।

कास्की प्रहरीले सञ्चालक समेत रहेका कलेजका पूर्व सिईओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मालाई पक्राउ गरेको थियो । उनीहरुसहित कलेजका १० जनालाई पक्राउ गर्न अदालतको सिफारिसमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

बाँकीको पनि खोजी भैरहेको प्रहरीले जनाएको छ । अध्यक्ष अर्याल सहित अन्य फरार रहेको र सम्बन्धित क्षेत्रमा सर्कुलर गरिसकेको कास्की प्रहरी प्रमुख एसपी ओम रानाले बताए ।