नेविसंघ नेता सौगातले गरे विद्यार्थीलाई आर्थिक सहयोग

पोखरा, जेठ ७ ।
नेपाल बिद्यार्थी संघ कास्कीका नेता सौगात थापाले विपन्न विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । आर्थिक अभावका कारण पढाई छोड्नुपर्ने बाध्यतामा रहेका २ बिद्यार्थीलाई उनले सहयोग गरेका हुन् ।

पोखरा १३ मा रहेको भद्रकाली माविमा ५ कक्षा पढ्ने एलिना थापा र २ कक्षामा पढ्ने कृष्टिना थापालाई शैक्षिक सामग्री र पोशाक किन्नका लागि जनही ५ हजार सहयोग गरेका हुन् । हरेक नागरिकको सामाजिक उत्तरदायित्व हुने भन्दै उत्तरदायित्व पूरा गरेको थापाले बताए ।

‘समाजमा रहेपछि समाजप्रति हरेक नागरिकको जिम्मेवारी हुन्छ । मैले आज त्यही गरेको हुँ, उनले भने–विद्यार्थी भएर विद्यार्थीको मर्का बुझेको छु । सहयोग गर्न पाउँदा निकै खुशी लाग्यो ।’ पैसा अभावकै कारण विद्यार्थीले पढाई छोड्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने थापाको भनाई छ ।

नेपाली काँग्रेस जिल्ला सदस्य नवीन सिग्देलको पहलमा नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले संयोजन गरेर थापाले विद्यार्थीलाई सहयोग गरेका हुन् ।