नेल्टाको राष्ट्रिय सम्मेलन चैत तेश्रो साता चितवनमा

काठमाण्डौं, पुस २८
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) को राष्ट्रिय सम्मेलन तथा विद्यान अधिवेशन चैत १६ र १७ गते चितवनमा हुने भएको छ । नेल्टाको हालै भैरहवामा सम्पन्न भएको ७ औँ वैठकले सम्मेलनको मिति तय गरेको केन्द्रीय महासचिव सुरेशकुमार श्रेष्ठले पिस पोखरा डटकमलाई जानकारी दिए । सम्मेलनको तयारी तथा व्यवस्थापन गर्नको लागि ईश्वर्नेवर दत्त मिश्रको संयोजकतत्वमा २१ सदस्सिय समिति समेत गठन गरिएको छ ।
केन्द्रीय वैठकपछि भैरहवामै भएको नेल्टाको लुम्विनी अञ्चल स्तरिय भेला तथा प्रशिक्षणले रामप्रसाद अधिकारीको संयोजकत्वमा ९ सदस्सिय अंचल समन्वय समिति गठन गरेको छ । समितिको सदस्यहरुमा माधव आचार्य(कपिलवस्तु), शालिकराम खनाल(रुपन्देही),महेन्द्र गौतम( नवलपरासी), रुकमिणि पोखरेल( नवलपरासी),अशोक खनाल(गुल्मी),डोल प्रसाद श्रेष्ठ(पाल्पा) छन् ।
अंचल संयोजक राम प्रसाद अधिकारीको अध्यक्षता तथा नेपाली काग्रेसका युवा नेता एवम प्रखर वक्ता केन्द्रिय सदस्य धनराज गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय महासचिव सुरेशकुमार श्रेष्ठ, पश्चिमान्चलका क्षेत्रिय सदस्य दोलराज गैरे, केन्द्रिय सल्लहाकार हिमालय पोखरेल लगायतले शुभकामना मन्तव्य राखे । कार्यक्रममा केन्द्रिय कार्य समितिका पदाधिकारीहरु सदस्यहरु सल्लाहाकारहरु र लुम्विनि अंचल भित्रका नवलपरासि रुपन्देही कपिलवस्तु गुल्मी अर्घाखाँची, पाल्पा, चितवन स्याङ्गजा लगायतका जिल्लाहरुवाट करिव २ सय भन्दा वढिको सहभागितामा रहेको थियो ।