नेपाल समूह एमालेको बैठकमा नजाने निर्णय

पोखरा, असार १७ ।
शुक्रबारका लागि बोलाईएको एमालेको बैठकमा बरिष्ठ नेता माधव कुमार नेपाल समूह सहभागी नहुने भएको छ । विहिबार बसेको समूह बैठकले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक अबैध भएको दावी गर्दै आफुहरु सहभागी नहुने निर्णय गरेको हो ।

नेपाल समूहले पार्टी एकतालाई इमान्दार भएर अगाडि बढाउन र सोही अनुरुप बैठकलगायत सबै प्रक्रिया अघि बढाउन आह्वान पनि गरेको छ । बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो ।