नेपाल विद्यार्थी संघ पनि चुनावमा परिचालित

 

पोखरा, कार्तिक २६ ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ कास्कीले आशन्न निर्वाचनका लागि आफ्ना सबै संरचना परिचालन गर्ने भएको छ । जसका लागि नेविसंघका निवर्तमान केन्द्रीय सदस्य देवकृष्ण पराजुलीको संयोजकत्वमा १३ सदस्यीय निर्वाचन परिचालन समिति बनाइएको छ ।

समितिको सदस्यमा सरोज केसी, गोविन्द लामिछाने, गोपाल गुरुङ, पुनम भट्ट भट्टराई, लक्ष्मी पौडेल, कल्याणबाबु भण्डारी, विकास थापा, किरण बराल, पशुपति भट्टराई, परशुराम बस्नेत र विष्णु तिमिल्सिना रहेका छन् ।

यसैगरी नेविसंघले पोखराका ११ वटै वडा आफ्ना नेताहरू परिचालन गरेको छ । जसअनुसार क्षेत्र नं. २ (क) मा आशिक गुरुङ र २ (ख) मा सन्देश पराजुलीलाई समन्वय संयोजक तोकिएको छ ।

यसैगरी वडागत तह अन्तर्गत पोखरा–४ मा संघर्ष कोइराला, पोखरा–७ मा आशिक गुरुङ, ८ मा राजेन्द्र बराल, ९ मा तारानाथ अधिकारी, ११ मा महादेव गिरीलाई संयोजक तोकेको छ ।
त्यस्तै पोखरा–१५ मा सन्देश पराजुली, १६ मा अन्जान थापा, १७ मा महेश तिमिल्सिना, २० मा शिरिष बाँस्तोला, २१ मा विक्रम गिरी र ३३ मा उज्वल चापागाइँलाई संयोजक तोकिएको नेविसंघका निवर्तमान केन्द्रीय एवं निर्वाचन परिचालन समितिका संयोजक देवकृष्ण पराजुलीले जानकारी दिए ।

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य भानु ढकालका अनुसार नेविसंघका नेता कार्यकर्ता अब प्रत्येक मतदाता समक्ष पुग्नेछन् । नेता कार्यकर्तालाई प्रत्येक मतदाता समक्ष पुगेर कम्युनिष्ट सरकारले गरेका गलत रवैयाबारे जनतालाई जानकारी गराउन र कांग्रेसलाई भोट माग्न निर्देशन दिइएको नेता ढकालले जानकारी दिए ।

नेविसंघका नेता मनोज रानाभाटले कांग्रेसका उम्मेदवार खेमराज पौडेल त्यागी र निष्ठावान नेता भएकाले उहाँलाई जिताउनका लागि सबै प्रकारको सहयोग गर्ने बताए ।

पहिलो चरणको कार्यक्रम भोलि सकिंदै

कास्की–२ मा कांग्रेसले नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । खेमराजलाई सघाउन कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल पोखरा आइपुगेका छन् । सोमबार पोखरा आइपुगेका उनी मंगलबार उम्मेदवार खेमराजसंगै घरदैलोमा सहभागी भए । घरदैलो र मतदाता भेटघाट कार्यक्रम पोखरा–१७ मा भएको थियो ।
कांस्की कांग्रेसले चुनावी प्रचार अन्तर्गत पहिलो चरणको कार्यक्रम घरदैलो र मतदाता भेटघाटलाई अन्तिम चरणमा पुर्याएको कास्की कांग्रेसका सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक कृष्ण केसीले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणको घरदैलो र मतदाता भेटघाट कार्यक्रम बुधबार सकिनेछ । त्यसलगत्तै निर्वाचन परिचालन समितिको बैठक बसेर पहिलो चरणको कायक्रमको समीक्षा र दोस्रो चरणको कार्यक्रम तय गरिने संयोजक केसीले जानकारी दिए ।

उनका अनुसार पोखराका ११ वटै वडामा र वडा भित्रका पनि सबै कलष्टरमा घरदैलो र मतदाता भेटघाट कार्यक्रम तीव्र भइरहेको छ । पहिलो चरणमा मतदाताका धरणा बुझ्ने काम भएको उनले बताए । दोस्रो चरणमा पार्टीका सिद्धान्त र धारणाका साथै उम्मेदवारका घोषणापत्र लिएर पुनः मतदाता समक्ष पुग्ने सभापति केसीले जानकारी दिए ।