नेपाल र हङकङको खेल स्थगित

काठमाडौं, असोज २९ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र हङकङबीचको खेल स्थगित भएको छ । हङकङमा समुन्द्री आँधी आउने चेतावनी दिइएका कारण आजका लागि निर्धारित खेल स्थगित भएको हो ।
अधिकारीहरुले नेपाली क्रिकेट खेलाडीहरुलाई होटलमै बस्न र बाहिर नजान भनेका छन् । नेपाल र हङकङको खेल भोलि हुनेछ ।
शुक्रबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ८३ रनले पराजित भएको थियो ।