नेपाल र भारतको सीमा सुरक्षाबारे छलफल गर्न पोखरामा दुई देशको बैठक

पोखरा, मंसिर ३ ।
नेपाल र भारतबीच सीमा सुरक्षा बैठक भोलिदेखि पोखरामा सुरु हुने भएको छ । तीन दिन चल्ने बैठकमा नेपालका तर्फबाट गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका पदाधिकारीको सहभागिता रहनेछ ।

नेपालका तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट सीमा सुरक्षा बलका डाइरेक्टर जनरल राजेशचन्द्रले टोलीको नेतृत्व गर्नेछन् । बैठकमा नेपालका तर्फबाट १० र भारतका तर्फबाट ५ पदाधिकारीको सहभागिता रहने सशस्त्र प्रहरी नायब महानिरीक्षक बाबुराम पाण्डेले जानकारी गराए ।

बैठकमा सीमा अपराध, सीमामा संयुक्त सुरक्षा गस्ती र अवैध ओसारपसार लगायतका विषयमा छलफल हुने बताईएको छ । यो नियमित वार्षिक बैठक रहेको उनले बताए ।