नेपाल फिजिकल ट्रेनिङ एशोसिएसनले लागुपदार्थ सचेतना तथा डिफेन्स काउन्सेलिङ कार्यक्रम गर्ने

 

पोखरा, साउन २० ।

नेपाल फिजिकल ट्रेनिङ एशोसिएसन क्षेत्रिय समिती पोखराले लागु पदार्थ सचेतना तथा डिफेन्स करिअर काउन्सेलिङ्ग कार्यक्रम २०७६ को आयोजना गर्ने भएको छ । एशोसिएसनमा आवद्ध ट्रेनिङ सेन्टरमा प्रशिक्षणमा रहेका प्रशिक्षार्थीहरुलाई लक्षित गरी यही साउन २२ गते पोखरामा लागु पदार्थ सचेतना तथा डिफेन्स करिअर काउन्सेलिङ कार्यक्रमको आयोजना गर्न लागेको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

भर्ती हुने आशामा युवाहरुको पढाइसंगै भविष्य पनि अन्यौल बन्ने र कतिपय युवाहरु लागुऔषधको लतमा फसेर आफ्नो जीवन वर्वाद गर्ने गरेकाले ती युवाहरुलाई भर्तीमा मात्र नभइ नेपालमै बसेर पनि आफ्नो जीवन सहज तरिकाले जीउन सकिन्छ भन्ने कुराको बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको नेपाल फिजिकल ट्रेनिङ एशोसिएसन क्षेत्रिय समिती पोखराका अध्यक्ष गज बहादुर गुरुङले वताए ।

भर्तीमा विशेषगरी १८ देखी २१ वर्ष उमेर समुहका युवाहरु, प्लस टु पढ्ने समेत त्यही उमेर समुहको हुन्छन् । उनीहरुले भर्तीमा पनि बेलायती आर्मी, सिंगापुर पुलिस र भारतिय सेनामा नै रुची राख्ने र्गछन् । त्यसमा पनि छनौट हुने भन्दा नहुनेको संख्या वढी मात्रामा रहेकाले ती युवाहरुको भविष्यको समेत आफुहरुमा चिन्ता रहेकाले यसलाई मध्येनजर गरी करियर काउन्सेलिङ कार्यक्रमको आयोजना गरिएको नेपाल फिजिकल ट्रेनिङ एशोसिएसनका केन्द्रीय अध्यक्ष मिन राज गुरुङले वताए । काउन्सेलिङ कार्यक्रममा युवाहरुलाई भर्ती भइ विदेश भन्दापनि नेपालमानै सैनिक क्षेत्र तथा प्रशासनिक क्षेत्रमा पनि भविष्य रहेको र राष्ट्रियताको बारेमा समेत जानकारी दिनका लागी काउन्सेलिङ कार्यक्रमको आयोजना गरिएको समेत गुरुङले वताए ।

पोखरा सभागृहमा हुने कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु नेपाल आर्मी पश्चिम पृतनाका पृतनापति काजी बहादुर खत्री, प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद शर्मा घिमिरे, शसस्त्र प्रहरी मुक्तिनाथ बाहिनीका बाहिनीपति बावुराम पाण्डे, राष्ट्रिय अनुसन्धान विभाग गण्डकी प्रदेश प्रमुख कुलदेव थापा लगायतले डिफेन्स करियर काउन्सेलिङ कार्यक्रममा सहजीकरण गर्नेछनभने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर काकीले लागुपद्धार्थ सचेतना सम्बन्धी प्रशिक्षण दिनेछन ।

प्रशिक्षण पूर्व एसोसिएसनमा आवद्ध ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिइरहेका युवाहरु पोखराको अमरसिंहचोकमा भेला भइ लागुऔषध दुव्र्यसनी विरुद्धको प्लेकार्ड सहित मार्चपास गरी कार्यक्रम स्थल पोखरा सभागृह पुग्नेछन ।