नेपाल क्रिकेट संघको विशेष साधारणसभा आज, चुनाव भोलि हुने

 

काठमाडौं, असोज १० ।

नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा आज हुँदैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघलाई प्रतिबन्ध लगाएपछि हुन लागेको यो साधारणसभालाई निकै चासोका साथ हेरिएको छ ।

आज साधारणसभाको उद्घाटनसत्र हुने छ भने भोलि चुनाव हुने भएको छ ।

साधारणसभाले नयाँ नेतृत्व चयन गरेपछि क्यानमाथिको निलम्बन फुकुवा हुने विश्वाश गरिएको छ । नयाँ नेतृत्वका लागि विनयराज पाण्डे र चतुरबहादुर चन्दले आकंक्षा देखाएका छन् । यसैगरी उपाध्यक्षमा राजाबाबु श्रेष्ठ र मिङ्मा डाण्डु शेर्पाले प्रतिस्पर्धा गर्ने सम्भावना रहेको जनाइएको छ ।

सचिवमा अशोकनाथ प्याकुरेल र विनोद मैनालीले इच्छा देखाउदा कोषाध्यक्षमा रोशनकुमार सिंह र उपेन्द्र भट्टराईको चर्चा चलिरहेको छ । १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नका लागि ५९ जना मतदाता छन् ।

४ वर्षको कार्यकालको चयनका लागि सदस्य जिल्लाबाट १–१ प्रतिनिधि गरेर ३९ र प्रदेशका २० जनाले भोट हाल्न पाउनेछन् । कार्यसमितिमा एक जना महिला अनिवार्य हुने व्यवस्था भएपछि सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि भएर आएकी जयन्ती भट्ट निर्विरोध निर्वा्चित हुने देखिएको छ । (ईमेजखबरबाट साभार)