नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ अडिसन सम्पन्न, १५ जना छनोट

 

पोखरा, भदौ ३ ।

‘नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९’ तेस्रो चरणको पहिलो अडिसन पोखरामा सम्पन्न भएको छ ।

“बौद्धिकता सहितको सौन्दर्य” भन्ने मुल नाराका साथ ब्ल्यु रे प्रोडक्सनको आयोजनामा भएको प्रतियोगीताको पहिलो अडिसन र दोस्रो अडिसनबाट गरी १५ जना छनोट भएका छन् । छनोट हुनेमा ३ युवा र १२ युवती रहेका छन् । अडिसनबाट छनोट भएकाहरुलाई विभिन्न चरणमा प्रतिष्पर्धा गराई विजेता छनोट गरिने छ ।

टिआरा ईन्टरटेनमेण्टको एशोसियसनमा हुने प्रतियोगीताका टाईटल स्पोन्सरको रुपमा नेपाल आईस रहेको छ । त्यसै गरीे प्रतियोगीताको मेन स्पोन्सर द नेक्ष्ट एजुकेसन कन्सलटेन्सी रहेको छ । टिभी पार्टनर गोल्डेनआई टिभी रहेको छ भने फेटोग्राफि पार्टनर द भोग स्टुडीयो रहेको आयोजकले जनाएको छ ।

प्रतियोगीतामा विजेता हुने प्रतिस्पर्धीले हरेक वर्ष जस्तै यो वर्ष पनि उपाधीको रुपमा क्राउनसहित सुजुकि स्कुटर संगै नगद, होलिडे प्याकेज, म्युजिक भिडियो खेल्ने अवसर साथै ५ लाख मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार प्राप्त गर्नेे आयोजकले जनाएको छ ।

यसै गरि प्रतियोगिताको फस्ट रनरअपले क्राउनसहित नगद, होलिडे प्याकेज, म्युजिक भिडियो खेल्ने अवसरसंगै २ लाख ५० हजार मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार र सेकेण्ड रनरअपले क्राउन सहित नगद, होलिडे प्याकेज, म्युजिक भिडियो खेल्ने अवसर साथै २ लाख ५० हजार मुल्य बरावरको लाइफ इन्स्योरेन्स सहित अन्य उपहार प्राप्त गर्ने कार्यक्रम संयोजक सिर्जना क्षेत्रीले जानाकारी दिइन् ।

प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न व्यापारिक प्रतिष्ठानहरुको सहयोग रहेको ब्ल्यु रे प्रोडक्सनले जनाएको छ ।