नेपाल आइडलका बिजेता बने रवी ओढ, पोखराका बिक्रम बराल दोश्रो बने

पोखरा, पुस ६ ।
नेपाल आईडलको बिजेता धनगढीका रवी ओढले जितेका छन् । पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा भएको फाइनलमा ओढले उपाधी जितेका हुन् । प्रतियोगिताका फस्र्ट रनर अप पोखराका बिक्रम बराल बनेका छन् । यस्तै सेकेण्ट रनर अप सुमित पाठक र थर्ड रनर अप अस्मिता अधिकारी बनेका छन् ।

प्रतियोगिताका बिजयी ओढले २२ लाख नगद सहित विभिन्न पुरस्कार जितेका छन् भने दोश्रो बनेका बरालले २० लाख नगद सहित अरु पुरस्कार जिते । प्रतियोगितामा तेश्रो भएका पाठकले १५ लाख नगद र चौथो बनेकी अधिकारीले स्कुटर पुरस्कार पाएकी छिन् ।

रवी मजुदुर परिवारको छोरो

रवि वि.सं.२०५४ मा कञ्चनपुरको कृष्णपुर नगरपालिका गुलरियामा जन्मिए । तर उनको पुर्ख्यौली घर भने अछामको बुढाकोट हो । पछि पहाडको पखेरोले जिन्दगी धान्न कठिन भएपछि उनीहरु तराई सरे । कञ्चनपुरको गुलरियामा सानो घर बनाए, त्यहीँ बसे ।

तराईमा काम पाइन्छ र सजिलै जिन्दगी धान्न सकिन्छ भनेर तराई छरेको रविको परिवारलाई निकै समस्या र्पयो । जीवन धान्न रविका हजुरबुबा र बुबा कामको खोजीमा भारत हानिए । अहिले पनि रविका बुबा भारतमा चौकीदारको काम गर्छन् ।

चौकीदारी गरेर कमाएको दुईरचार हजार भारुले रविको परिवार पालिँदै आएको छ । आर्थिक अवस्था कमजोर हुँदा रवि कामको खोजीमा १२ बर्षको उमेरमा भारततिर लागे । त्यहाँ उनले खुबै दुख गरे। तर उनको यो दुख बुुबाले देख्न सकेनन्। त्यसैले नेपाल फर्किए ।

बुबाले ‘जति दुख गर्नु छ, म गर्छु, तँ घर फर्केर पढाई गर’ भनेको अहिले पनि सम्झिन्छन्, रवि । सानै उमेरदेखि नै रवि गीत, संगीतमा निकै रुचि राख्थे । विद्यालयमा हुने कार्यक्रममा पनि उनी समय मागेर गीत सुनाइ हाल्थे ।

रविको गीत सबैलाई मन पथ्र्याे । उनको गीत सुन्नेहरु भन्थे, ‘यो केटो भोलि गएर ठुलो गायक बन्छ ।’ घरको आर्थिक अवस्था कमजोर भएकाले रविले धनगढीमा रहेको पश्चिम सेती दोहोरी साँझमा गीत गाउन थाले । दोहोरी साँझको यात्रा ३ महिना मात्रै चल्यो, किनभने पछि दोहोरी साँझ नै बन्द भयो ।

त्यसपछि उनी मध्य पश्चिमका पहाडी जिल्लाहरुमा विभिन्न प्रस्तुति दिँदै आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिए । रविका हजुरबुबापनि गीत गुन्गुनाउने गर्थे । स्थानीय देउडा गायन गर्थे । गीत गाउने प्रेरणा हजुरबुवाबाट पाएको रवि सुनाउँछन् ।

हजुरबुबाको प्रेरणाबाट गीत गुनगुनाउन सुरु गरेका रविमा विस्तारै गीत र संगीतको नशा चढ्दै गयो । बिस्तारै रवि भित्रको गायन कलाले निखार पायो। र, उनले नेपाल आइडलको मञ्च पाए । रविको त्यो अडिसनको दिन ‘नेपाल आइडल सिजन–२’ को पहिलो पटक धनगढीमा पनि अडिसन हुँदैछ भन्ने सूचना रविले साथीहरुबाट सुने ।

त्यसपछि नेपाल आइडलको ‘स्टेज’मा गीत गाउन उनले पनि आइडलमा सहभागिता जनाए । रवि जस्ता धेरैले सुदूरपश्चिमको धनगढी अडिसनबाट सहभागिता जनाए, केही छनोटमा पनि परे। तीमध्ये रवि पनि एक हुन् ।

‘अब जाउँला रेलमा, माया तिम्रो साथैमा’ बोलको, कमल खत्रीको आवाजमा रहेको गीत रविले प्रस्तुत गरे । ‘जज’ मा रहेका तीनैजनालाई रविको स्वर मन र्पयो । यसरी नेपाल आइडलका लागि काठमाडौँसम्मको उनको यात्रा तय भयो ।