नेपाली सेनामा भर्ना खुल्यो। (विज्ञापन सहित)

काठमाडौं, पुस ४।
नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशानालय, कार्यरथी विभागले आज एक विज्ञापन आह्वान गर्दै अधिकृत क्याडेट पदमा १५० जना माग गरेको हो ।
जसअनुसार आदीबासी तथा जनजाती २२, महिला १३, मधेसी १९, दलित १०, पिछडिएको ३ र खुल्लातर्फ ८३ जना माग गरिएको छ ।
इच्छुक उम्मेदवार माघ ३ गतेभित्र र दोब्बर दस्तुर तिरेर थप एक साताभित्र तोकिएको स्थानमा सम्पर्क राख्ने सक्नेछन् ।