नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत वडा नं १७ मा अन्तरक्रिया

 

पोखरा, असोज १ ।

नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत पोखरा महानगरपालिका वडा नं १७ मा क्रियाशिल कार्यकर्ताहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम वडा नं १७ मा सञ्चालन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रिय प्रतिनिधि तथा नेपाली कांग्रेस महासमिति सदस्य शरदचन्द्र लामिछानेले अन्तरक्रियाबाट आएका सुझावलाई केन्द्रमा पु¥याउने प्रतिबद्धता जाहेर गरे । पार्टीलाई मजवुद बनाउन दोस्रो चरणको अभियान कोषेढुङ्गा सावित हुनेमा आफु विश्वस्त रहेकोे उनको भनाई थियो । जनजागरण अभियानले कार्यकर्तालाई जागरण गराउने नभई दुईतिहाई सरकारको विरुद्धको जागरण अभियान रहेको लामिछानेले बताए ।

सोही अवसरमा बोल्दै राष्ट्रियसभा सदस्य सांसद विन्दा देवी रानाले सरकारले गरेका नकारात्मक काण्डहरुमा काँग्रेसको नेतृत्वलाई नाम जोड्ने परिपाटीको विरोध गरिन् । साथै उनले यदी काँग्रेस भित्रका कोही पनि सरकार विरोधी पक्षमा रहे कारवाही गर्न खुल्ला चेतावनी समेत दिईन् । कांग्रेस राष्ट्रियसँगै प्रतिनिधि सभामा सशक्त रुपबाट अगाडी बढेका कारण मिडिया, मानवअधिकारसँगै गुठी विद्येयकलाई बढी प्राथमिकतामा राखिएको उनले बताइन् ।

सोही अवसरमा बोल्दै गण्डकी प्रदेश सांसद विन्दु कुमार थापाले हरेक तहमा आ–आफ्नै कमजोरीहरु रहेको भन्दै त्यस्ता समस्यालाई मसिनोसँग केलाएर अगाडी बढ्नुपर्नेमा जोड दिए । यस कार्यक्रमबाट आएका सुझावहरुलाई शिक्षाको रुपमा ग्रहण गरी समस्यालाई निर्मुलीकरण र सुद्धिकरण गर्न नेपाली कांग्रेसले अवसर पाएको उनको तर्क थियो ।

नेपाली काँगेस्र महासमिति सदस्य देवराज चालिसेले जनताको परिर्वतन हुने मतलाई पार्टीको एजेण्डाले भरोसा दिन सक्ने बनाउनु आजको आवश्यकता रहेको बताए । “भ्रष्टाचार जस्ता विषयमा पार्टीका व्यक्तिहरुको नाम आउँछ भने सती जान त सकिदैन् नि, उनले भने ।”

त्यस्तै नेपाली काँगे्रस महासमिति सदस्य एवं पुर्व सभापति सोभियत बहादुर अधिकारीले जनताको सपनालाई तहसनहस पार्दै अगाडी बढेको यो सरकारले झुक्याएर मत हात पारेको आरोप लगाए । उनले भने, “पार्टीप्रति आस्थावान व्यक्तिहरु धेरै रहेको तर भुक्याएर जनता कम्युनिष्ट तर्फ हिडे ।”

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य केशर निर्दोषी, तरुणदल कास्कीका नेता एवं महासमिति सदस्य ऋषिराम काफ्ले, महाधिवेशन प्रतिनीधी बिरेन्द्रमान बिजुक्छे, जिल्ला सहसचिव रंगिला आचार्य,क्षेत्र नं.२ का सभापती माधव प्रसाद बाँस्तोला मधु, २(क) का सभापति विजयराज आचार्र्य, क्षेत्र नं. २(ख) का सभापति दिपेन्द्र मर्सानी लगायतले बोलेका थिए ।

नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं. १७ का सभापति देवराज आचार्यले नेपाली कांग्रेस १७ ले उपनिर्वाचनलाई सफल बनाउनका लागि तयारी थालेको बताउँदै सिंगो कांग्रेस एक भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वडा उपसभापति दिपेन्द्र बरालले स्वागत र सचिव डिआर भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।

भदौ २४ देखि शुरु भएको दोस्रो चरणको जागरण अभियान असोज ७ गते सम्म १५ दिन चल्ने छ । कार्यक्रममा नेपाली काँग्रेसमा क्रियाशिल सदस्यहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।