नेपालमा छैठौं ब्यक्तिमा कोरोना संक्रमण पुष्टी

काठमाण्डौं, चैत २० ।
नेपालमा अर्का एकजनामा पनि कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छैठौं ब्यक्तिमा कोरोनाको संक्रमण पोजिटिभ देखिएको पुष्टी गरेको हो ।

गत चैत ४ गते कतार एयरवेजको फ्लाइट नंं. ६५२ बाट नेपाल आएकी अर्की एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनको थप विवरण भने सार्वजनिक भएको छैन । सोही जहाजमा आएका तीनजनामा कोरोना पोजिटिभ देखिएको छ ।

बेल्जियमबाट आएकी बागलुङकी १९ बर्षिय युवतीमा पनि कोरोना पुष्टी भएको थियो । त्यसअघि फ्रान्सबाट आएकी युवतिमा कोरोना पोजिटिभ देखिएको थियो । उनको शुक्रराज ट्पिकल तथा सरुवा रोग अस्पतालमा उपचार भैरहेको छ ।