नेपालमा कोरोना संक्रमित १४ पुगे

पोखरा, बैशाख १ ।
नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । रौतहट जिल्लामा नयाँ कोरोनाभाइरस संक्रमित फेला परेका छन् । जिल्लामा क्वारेन्टाइनमा रहेका एक जना १९ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

आजै कैलालीको लम्की चुहा नगरपालिका–१ मा ६५ वर्षीया एक महिला कोभिड–१९ पोजेटिभ भेटिएकी थिइन् । हालसम्म कैलाली जिल्लामा ४, पर्सा जिल्लामा ३, काठमाडौँमा ३, बाग्लुङमा २ तथा रौतहट र कञ्चनपुरमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसमध्ये काठमाडौँमा रहेका एक जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।